• २३ भदौ २०८२, सोमबार

धरानमा जेनजीको प्रदर्शन

blog

निशा राई

धरान, भदौ २३ गते । धरान उपमहानगरपालिकामा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको नारा लगाउँदै जेनजी प्रदर्शनमा उत्रिएका छन् ।

सोमबार धरान–२, भानुचोकबाट नारा लगाउँदै छाता चोक, चतरा लाइन धरान उपमहानगरपालिकाको कार्यालय हुँदै पुतली लाइनबाट पुनः भानुचोक मा आएर प्रदर्शन गरेका छन्।

अधिकांश जेनजी कलेजको पोशाकमा देखिएको छ । यस आन्दोलनमा जेनजी पुस्ता मात्र नभएर सामाजिक अभियन्ताले सहभागी जनाएको थियो।