• ४ जेठ २०८१, शुक्रबार

मोडल जेबिका कार्कीसंग १६ प्रश्न

blog

जेबिका कार्की अभिनेत्री/मोडल

 तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ?

मेरा लागि मेरो परिवार नै बहुमूल्य वस्तु हो ।

यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?

म त पैसा लिएर जान्छु ।

तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ?

मलाई मेरो कामप्रति गर्व लाग्छ ।

घरको कुन कोठामा सबैभन्दा बढी मनपर्ने वस्तु छन् ?

मेरो ममीको कोठामा मनपर्ने वस्तु छन् । ममीको कोठा कम्फर्ट छ । त्यसकारण मेरा मनपर्ने सामान त्यहीँ छन् ।

कुन वस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ?

खानेकुरा किन्दा बढी सन्तुष्ट मिल्छ ।

कुन वस्तुबिना तपाईं एकछिन बाँच्न सक्नुहुन्न ?

मोबाइल फोन ।

तपाईंले कहिल्यै आफूले  महत्त्वपूर्ण ठानेको वस्तु चोर्नुभएको छ ?

अहिलेसम्म चोर्ने काम गरेको छैन । 

आफ्ना वस्तुसँग तपाईंको आत्मीयता कत्तिको छ ?

एकदमै धेरै । मेरो सामान अरूले छोएको पनि मन पर्दैन ।

तपाईंले बाल्यकालमा कुन वस्तुलाई धेरै  महत्त्वपूर्ण ठान्नुभयो ?

बाल्यकालमा खेलौनालाई नै बढी महìवपूर्ण ठानेँ ।

तपाईं कस्तो स्वभावको महिला हो ?

म अलिक हठी छु । म जोकोहीसँग मिल्न पनि सक्छु तर मलाई केही कुरा चाहियो भने त्यो जसरी पनि लिन्छु ।

जीवनमा कहिले कोही मन परेको छ ?

धेरैलाई मन पराएको छु तर विशेष मान्छे बनाएको छैन ।

राति घरबाट बाहिर जानुपर्दा कहाँ जानुहुन्छ ?

म भरसक बाहिर निस्कन्नँ । इमर्जेन्सी छ भने मात्र घरबाट बाहिर निस्कने हो । कसैलाई केही परिहाल्यो भने उसको अवस्था हेरेर कहाँ जाने भन्ने निश्चित हुन्छ ।

तपाईंले कसैलाई नभनेका आफ्ना तीन बानी के के हुन् ?

मलाई भोक लागेको थाहा हुँदैन । मलाई बाह्रै महिना सिरक र ब्ल्याङ्केट चाहिन्छ । जाडो र गर्मी जस्तोसुकै मौसममा सिरक र ब्ल्याङ्केटबिना मलाई निद्रा नै लाग्दैन । मलाई खानेकुरामा खुर्सानी अनिवार्य चाहिन्छ । खुर्सानी भएन भने म खानेकुरा नै खादिनँ ।

तपाईंको मनपर्ने फेसनशैली कुन हो ?

मलाई जिन्स र टिसर्ट एकदमै सजिलो लाग्छ ।

मनमा शङ्का उब्जिए के गर्नुहुन्छ ?

म पहिला अनुसन्धान गर्छु । कुनै कुरामा शङ्का लाग्यो भने रिसर्च गरिहाल्छु ।

तपाईंलाई कस्तो खालको केटा मनपर्छ ?

एकदमै जिम्मेवार हुनुप-यो । राम्रो र मीठो बोल्ने हुुनुप-यो ।  


प्रस्तुति : नेमिष गौतम