• २० असार २०८१, बिहिबार

लुम्लेमा भारी वर्षा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

blog

काठमाडौं, असार १२ गते । धेरै पानी पर्ने मध्येको एक मानिने कास्कीको लुम्ले क्षेत्रमा शनिबार राती देखिनै भारी वर्षा परी रहेको छ । वर्षाका कारण बढी पहिरो जानसक्ने भन्दै उच्च सर्तकता अपनाउन वाढी पुर्वनुमान महाशाखाले आग्रह गरेको छ । 

विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

लुम्ले क्षेत्रको गण्डकी नदीमा राखिएको स्टेशनले मापन गरेको वर्षाको तथ्याङक १२ घण्टामा १२२ मिलिमिटर पानी परेको छ । पानी हालसम्म निरन्तर परी रहेकाले थप सतह बढ्ने महाशाखाले जनाएको छ । महाशाखाले १२ घण्टाको अवधिमा १२० मिलिमिटर भन्दा बढी पानी परेमा उच्चखतराको अवस्थालाई मान्ने गरेको छ । सोही अनुसार विहानै सूचना जारी गर्दे उक्त क्षेत्रमा उच्चसर्तकता अपनाउन आग्रह गरेको छ । 

भारी वर्षाका कारण कास्की र आसपासका साना ठाडो खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने महाशाखाले  जनाएको छ ।