• २० असार २०८१, बिहिबार

सेनाको पेट्रोलपम्प बिदामा पनि खुल्ने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १२ गते  । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमार्फत सञ्चालित देशभरका पेट्रोलपम्पहरू अबदेखि बिदाका दिन पनि सञ्चालन हुने भएका छन् । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले अबदेखि बिदाका दिन पनि पम्प खोल्ने निर्णयअनुसार नै शनिबार पेट्रोलपम्पहरू खुला रहेको जानकारी दिनुभयो । उहाँले सर्वसाधारणको सहजताका लागि देशभरका पेट्रोलपम्पमा सातै दिन खुला रहने बताउनुभयो । सार्वजनिक बिदाका दिन बिहानमात्र खुला रहने सेनाका पम्प मूल्य घटेका दिन शनिबार खुला रहेको थियो ।