• ७ जेठ २०८१, सोमबार

नेपाल बैङ्क सञ्चालक समिति सदस्यमा शर्मा नियुक्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ६ गते । नेपाल बैङ्क लिमिटेडको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त हुनुभएको छ । बैङ्क सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले मङ्गलबार नवनियुक्त सञ्चालक शर्मालाई शपथग्रहण गराउनुभयो । शर्माको नियुक्तिसँगै बैङ्कको सञ्चालक समितिमा नेपाल सरकारको प्रतिनिधित्व गरिरहुनुभएका रितेशकुमार शाक्यको बिदाइ गरिएको छ ।