• ५ जेठ २०८१, शनिबार

अर्थतन्त्रमा सूचना प्रविधिको योगदान

दुई वर्षभित्र दोब्बर बनाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ५ गते । सरकारले आगामी दुई वर्षभित्र अर्थतन्त्रमा सूचना प्रविधिको योगदान दोब्बर बनाउने लक्ष्य राखेको छ । त्यसका लागि आवश्यक पूर्वाधार, नीतिगत र संरचनागत सुधारका काम पनि क्रमशः अगाडि बढाइएको सरकारले जनाएको छ ।

राजधानीमा शनिबार आयोजित ‘डिजिटल कन्क्लेभ’का अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचन प्रविधिको बढ्दो प्रयोगलाई अर्थतन्त्रसँग जोड्ने गरी लक्ष्यहरू निर्धारण गरिएको जानकारी दिनुभयो । “सूचना प्रविधिको समयानुकूल विकास गरी दुई वर्षभित्र कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य छ,” उहाँले भन्नुभयो । 

सरकारले ल्याएको डिजिटल नेपाल पे्रmमवर्कको सफल कार्यान्वयनमार्फत अर्थतन्त्रमा सूचना प्रविधिको योगदान बढाइने उहाँले बताउनुभयो । पे्रmमवर्क कार्यान्वयनका लागि आर्थिक, रणनीतिक र नीतिगत व्यवस्थासमेत भइसकेको उहाँले जानकारी दिनुभयो । सूचना प्रविधिको उच्चमतम प्रयोगमार्फत गुणस्तरीय जीवनस्तरको विकास गर्ने गरी सरकारी कार्य लक्षित गरिएको पनि उहाँले बताउनुभयो । 

नेपालमा सूचना प्रविधिको प्रयोगलाई मूल प्रवाहमा ल्याउन तीनै तहका सरकारका कामलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम पनि भइरहेको उहाँले जानकारी दिनुभयो । “आगामी आवको बजेटमार्फत सरकारी कार्यालयका कार्यलाई डिजिटल प्रणालीमा लैजाने घोषणा भएको छ,” उहाँले भन्नुभयो । 

एक वर्षभित्र केन्द्रीय निकायका कामलाई डिजिटल कार्यमा लैजाने, प्रदेशले पनि बजेटमार्फत डिजिटल प्रदेशका अवधारणा ल्याएको र स्थानीय तहलाई पनि काममा पनि क्रमशः सूचना प्रविधिको प्रयोगलाई जोड दिने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो । तीनै तहका सरकारी निकायका कामलाई सूचना प्रविधिमा आबद्ध गराई सार्वजनिक सेवालाई सहज र सर्वसुलभ बनाउने नै सरकारको जोड रहेको उहाँले स्पष्ट पार्नुभयो । यसका लागि सरकारी कार्यालयको वेबसाइट निर्माण, सरकारी एकीकृत व्यवस्थापन प्रणाली जस्ता कानुनी आधार तयार भइसकेको उहाँले बताउनुभयो ।

सूचना प्रविधिको प्रयोग बढे पनि ‘डिजिटल डिभाइड’को अवस्था भने कायमै रहेको मन्त्री कार्कीको भनाइ छ । यसका लागि देशभर सूचना प्रविधिको पूर्वाधार निर्माण गर्ने, डिजिटल साक्षरता अभियान बढाउने, माध्यमिक स्तरका विद्यालयमा ५० प्रतिशत न्यूनतम शुल्कमा ब्रोडब्यान्डको पहुँच पु-याउनेलगायतका काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री कार्कीले डिजिटल नेपाल पे्रmमवर्क कार्यान्वयनका लागि निजी क्षेत्रसँग सहकार्यका लागि आह्वान गर्नुभयो । पे्रmमवर्कले तय गरेका धेरै लक्ष्यमा निजी क्षेत्रको लगानी आवश्यक पर्नेसमेत उहाँले बताउनुभयो । 

त्यस्तै उहाँले पे्रmमवर्क कार्यान्वयनको अवस्था समीक्षा गर्नुपर्ने समय आएकोले यसका सबल पक्ष कार्यान्वयनमा लैजाने र समस्या भएमा छलफल गरेर समाधान गर्न मन्त्रालय तयार रहेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्द किशोर पुनले सूचना प्रविधिको विकासका लागि नेपालले अब आफ्नै आविष्कारमा जोड दिनुपर्ने समय आएको बताउनुभयो । सूचना प्रविधिका अधिकांश सेवा आयात गर्नुपर्ने अवस्थालाई कम गर्दै नेपालले पनि यसमा आफ्नो नवीनता प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो । त्यस्तै सूचना प्रविधिको प्रयोगलाई अर्थतन्त्रको प्रवद्र्धनमा लगाउने गरी काम अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुन्ठ अर्यालले डिजिटल नेपाल पे्रmमवर्कले सबै क्षेत्रलाई समावेश गरेकोले यसको कार्यान्वयनमा सरोकारवाला सबैको सहकार्य जरुरी रहेको बताउनुभयो । पे्रmमवर्कले उत्पादन बढाउनेदेखि, सेवा प्रवाहमा सुधार र डिजिटल अर्थतन्त्र प्रवद्र्धनलाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले सरकारी कार्यालयमा सेवाग्राहीले मुख देखाउनैपर्ने अवस्था बिस्तारै घटिरहेको र मन्त्रालयको ९० प्रतिशत काम डिजिटल रूपमा भइरहेको जानकारी दिनुभयो । 

नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले डिजिटल नेपालको अवधारणालाई साकार पार्न डिजिटल साक्षरता महत्त्वपूर्ण हुने बताउनुभयो । त्यसका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने, डिजिटल पहुँच सर्वसुलभ बनाउनुपर्ने उहाँको सुझाव थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको क्षेत्रमा नेपालले पछिल्ला वर्षमा हासिल गरेको उपलब्धिबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । नियामकका रूपमा सबै नागरिकलाई दूरसञ्चार पहुँचमा पु-याउने गरी पूर्वाधार निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले डिजिटल नेपाल निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।