• १० असार २०८१, सोमबार

एमालेका जनप्रतिनिधिहरुको २० बुँदे संकल्प

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३ गते । नेकपा (एमाले) को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे संकल्प जारी गर्नुभएको छ । काठमाडौंमा जारी अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले शासक होइन, जनताका सेवक भएर काम गर्ने, आफू नेतृत्वमा रहेका पालिकाहरु सुशासन र सदाचारको नमूना बन्ने संकल्प गर्नुभएको हो ।

संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्ने, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्ने, सूचनालाई पारदर्शी र सबैको पहुँचमा लग्नेलगायतका प्रतिबद्धता संकल्पपत्रमा उल्लेख छ । एमालेको बिहीबारदेखि सुरु भएको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जनप्रतिनिधिहरुलाई दुई दिनको प्रशिक्षण कार्यक्रम सो दलले राखेको थियो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, केन्द्य्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल लगायतले पार्टी र स्थानीय तह जनप्रतिनिधिको सम्बन्ध, बजेट तथ कार्यक्रम तर्जुमा र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका विषयमा प्रशिक्षण दिनुभएको छ ।