• १३ असोज २०८१, आइतबार

मंकिपक्सका शङ्कास्पद बिरामी टेकु अस्पतालमा भर्ना

blog

काठमाडौं, असार २ गते । विदेशबाट काठमाडौं आएका मंकिपक्सका शंकास्पद एक बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले विदेशबाट आउनुभएका ती पुरुषलाई मंकिपक्सको लक्षणसँग मिल्दो जुल्दो लक्षण देखिएकाले सो अस्पतालमा पठाइएको थियो । 

टेकु अस्पतालका सूचना अधिकृत नवराज गौतमले अस्पतालमा थप परीक्षण भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “आज विदेशबाट आउनु भएको एकजना पुरुषको शरीरमा साना साना मंकिपक्ससँग मिल्दा जुल्दा बिमिरा देखिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले परीक्षणको लागि अस्पतालमा रिर्फर गरेको हो । थप परीक्षण हुँदैछ ।” 

मंकिपक्स हो वा होइन भन्ने यकिन चाहिँ थप परीक्षण गरेपछि मात्र भन्न सकिने गौतमले जानकारी दिनुभयो ।