• १८ असार २०८१, मङ्गलबार

प्रतिनिधिसभामा प्रतिवेदन पेस

blog

काठमाडौं, असार १ गते । प्रतिनिधिसभा बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ वार्षिक प्रतिवेदन  सदनमा पेस गर्नुभएको छ ।
बुधबारको बैठकमा उहाँले प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम गठन भएको समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । सोही अवसरमा सभापति घर्तीले हालसम्म समितिको १२८ वटा बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।

समितिले कोभिडको समयमा समितिले स्थलगत अनुगमनपछि सम्बन्धित निकायलाई विभिन्न निर्देशन दिनाका साथै कार्यान्वयन भए÷नभएको बारेमा समेत अनुगमन गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्र प्रत्यक्ष रुपमा जनतासँग जोडिने भएकाले समितिले सोही मर्म र भावनाअनुरुप आफ्नो काम कारबाहीलाई अगाडि बढाइरहेको छ, कोभिडका बिरामी र अन्य बिरामीको उपचारमा यो समितिले विशेष भूमिका खेलेको छ ।”

सदनको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, न्याय तथा सङ्घीय मामिला, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति लगायत ११  मन्त्रालयहरुको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रम जारी  छ ।