• ३१ जेठ २०८२, शनिबार

घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीको हत्या

blog

ज्ञानु पंगेनी
मध्यविन्दु, जेठ ३० गते ।
नवलपरासी पूर्व (नवलपुरको) देवचुली नगरपालिका–३ आम्बासका  श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

सोही नगरपालिका बस्ने ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट दम्पत्तिबिच घरेलु विवाद चर्किँदै जाँदा हातपातको अवस्था सिर्जना भएको र त्यसैक्रममा श्रीमानले फलामको रड प्रयोग गरी श्रीमतीको टाउकोमा प्रहार गरेको पाइएको छ । श्रीमतिको घटनास्थलमै गम्भीर चोटका कारण मृत्यु भएको नेपालले बताउनुभयो ।

घटना बुधबार राति करिब ९ बजे भएको प्रहरीले जनाएको छ । हत्यापछि दिलबहादुर फारार भएका थिए । तर, प्रहरीले उनलाई केही समयमै नियन्त्रणमा लिएको थियो । दिलबहादुरले प्रहरीसमक्ष घटना स्वीकार गरेको पहरी नायब उपरीक्षक नेपालले बताउनुभयो ।

मृतकका छोरा चित्रबहादुर थापाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराउनुभएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।