काठमाडौँ, जेठ ३० गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ४५ पैसा र बिक्रीदर १५९ रुपियाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६७ पैसा र बिक्रीदर १८६ रुपियाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ २५ पैसा र बिक्रीदर १६८ रुपियाँ ९९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ०३ पैसा र बिक्रीदर ८९ रुपियाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २६ पैसा र बिक्रीदर १०० रुपियाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ८७ पैसा र बिक्रीदर १०७ रुपियाँ ३३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०५ पैसा र बिक्रीदर १९ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४३ पैसा र बिक्रीदर ३६ रुपियाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५० पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३८ पैसा र बिक्रीदर ३२ रुपियाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५० पैसा र बिक्रीदर १४ रुपियाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २४ पैसा र बिक्रीदर २१ रुपियाँ २३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४१ पैसा र बिक्रीदर १७ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ ७५ पैसा र बिक्रीदर ४४८ रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ४० पैसा र बिक्रीदर ३६४ रुपियाँ , ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ९७ पैसा र बिक्रीदर ३५६ रुपियाँ ५३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस