• २४ जेठ २०८२, शनिबार

बाढीले पुल बगाउदा ७० लाखको क्षति

blog

आरुघाट गाउँपालिका– १ र धार्चे गाउँपालिका– ३ जोड्ने क्षति भएको मोटरेबल पुल । तस्बिर :गुणबहादुर रोका

गुणबहादुर रोका 
सुलीकोट, जेठ २४ गते ।
गोरखाको डनडुरे खोलामा सम्पन्न हुन लागेको पुल बाढीले बगाउदा ७० लाखको क्षति भएको छ । गत हप्ता अबिरल वर्षापछि आएको बाढीले  स्टक्चर सम्पन्न भएको र सुपर स्टक्चर काम गर्ने क्रममा निर्माणका लागि तयार गरिएको फल्यास ओर्क, फम ओर्कस, रेनसफोर्समेन्ट र कङक्रिटमा क्षति पुर्‍याउँदा ७० लाखको क्षति भएको हो ।

पुलको दुई साइड खोलाले क्षति पुर्‍याउँदा सम्पन्न हुन लागेको पुलको बिच भागमा रहेको पिल्लारको आधा भाग बगाएपछि पुनः पुल निर्माण सुरु गर्नु पर्ने भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।

‘‘आरुघाट गाउँपालिका–१ र धार्चे गाउँपालिका–३ जोड्ने पुल बाढीले भत्काएदिएपछि पुनः बनाउनुपर्ने अवस्थामा पुग्यो ।,’’ पूर्वधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले भन्नुभयो ।

बेनीघाट आर्खेत सडकखण्डको मुख्य सडकको रूपमा रहेको डनडुरे खोलामा बनेको मोटरेबल पुल बगाउँदा निर्माण कम्पनीलाई ८० लाख रुपियाँ घाटा भएको जनाएको छ । पुल निर्माणका लागि कङ्क्रिट पम्प अटेन्डमबयर रेनसफोर्समेन्ट, फर्मवोर्क गरी ७० लाखको क्षति भएको बताइएको छ ।

पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच २०७८ साल जेठ २३ गते रायमाझी कन्सट्रकसन कम्पनी प्रालिसँग चार करोड ७२ लाख ५१ हजार नौ सय ९० रुपियाँ बजेटमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० साल जेठ २३ गते सम्पन्न गर्नुपर्ने भए पनि कम्पनीले विविध कारण देखाउँदै दुई पटक म्याद थप गरिएको थियो ।