शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ २२ गते। सप्तकोशी नदीमा बिहीबार एक व्यक्तिको शव फेला परेको छ। संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका–५ स्थित लुमसुन बस्ने ३५ वर्षीय राजेश राईको शव फेला परेको हो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजको उतर पट्टिमा रहेको ५४, ५५ र ५६ नम्बर ढोका खोल्ने क्रममा शव फेला परेको इलाका प्रहरी कर्यालय कंचनपुरले जनाएको छ।
पानीमा मृत अवस्थामा तैरिदै गरेको अवस्थमा शव फेला परेको थियो। मृतकको पहिचान बहिनी कमला राईले जानकारी गराएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो। उहाँले शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।