• २४ जेठ २०८२, शनिबार

अन्तरकलेज फुटसल असारमा

blog

काठमाडौँ, जेठ २२ गते । हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ ।

सायम कलेजको आयोजनामा हुने प्रतियोगितामा २४ देखि ३२ छात्र टिमको सहभागिता रहने छ । स्नातक तह सेमेस्टर प्रणालीका कलेजले प्रतियोगितामा सहभागी हुने छन् । तीनदिने प्रतियोगिताका खेलहरू भक्तपुरको रोयल नेपाल फुटसलमा हुने छ । 

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: ९० हजार, ४० हजार र २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार तथा विधागत उत्कृष्टलाई जनही तीन हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।