• १८ असार २०८१, मङ्गलबार

साताका १० तस्बिर (फोटो फिचर)

blog

काठमाडौं, जेठ ३० गते । साताका १०  तस्बिरलाई प्रस्तुत गरेका छौँ। 

चैते धान झार्दै : तनहुँको व्यास नगरपालिका–११ स्थित शेरामा धान काटेर झार्दै किसान । जिल्लाका कृषक चैतेधान काटेर असारमा धान रोप्ने तयारीमा छन् । 


सिँचाइको नहर : म्याग्दीको बेनी नगरपालिका–९ घतानको नेप्टेचौरमा निर्माण गरिएको सिँचाइ आयोजनाको नहर । नहर बनाएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । 


फूल खेती अनुगमन गर्दै कृषि प्राविधिक : रामपुर नगरपालिका–४ देविस्थानमा सुकमाया सारुले लगाउनु भएको सयपत्री फूलको अनुगमन गर्दै कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीलगायत । 


नाला निर्माण हुँदै : तनहुँको भिमाद नगरपालिका–२ जिरोदेखि किहुँ बडहरभञ्ज्याङ जाने मोटरमार्गमा नाला निर्माण गर्दै मजदूर । उक्त मोटरमार्ग कालोपत्रेका लागि नाला निर्माण भइरहेको छ । 


सिँचाइका लागि अस्थायी तटबन्ध निर्माण : कैलालीका किसान सिँचाइका लागि खेतसम्म पानी ल्याउन अस्थायी तटबन्ध बनाउँदै । खेती गर्ने समयसम्म खेतमा पानी नपुगेपछि आइतबार टीकापुरलगायत रानी कुलाबाट सिँचाइ सुविधा लिने कैलालीका किसान जानकी ३ स्थित रानी कुलाको मुहानमा अस्थायी तटबन्ध बनाएर पानी ल्याउन थालेका हुन् । 


याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याइँदै : सुन्दरीजलबाट चावहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार ८०० डायमिटरका पाइप बिच्छ्याइँदै । दोस्रो चरणमा याङ्री र लार्केको पानी ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो । 


बालिका नाङ्गलो बुन्दै : जिल्लाको आँबुखैरेनी गाउँपालिका– १, ड्याम निवासी १२ वर्षीय आयुष्मा भुजेले बाँसको चोयाबाट नाङ्गलो बुन्दै । पढाइको समयबाहेक फुर्सद र बिदाको दिनमा नाङ्गलो बुनेर बालिकाले राम्रो आम्दानी गर्दै आएकी छन् । उनी अकला आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् । 


गोताखोरको नमुना अभ्यास : चितवनको इच्छाकामना– ४, कुरिनटारस्थित  त्रिशूली नदीमा शनिबार सशस्त्र प्रहरी बलका गोताखोरको नमुना अभ्यास । गृहमन्त्री बालकृष्ण खाणाको  उपस्थितिमा विपद्  व्यवस्थापनसम्बन्धी नमुना अभ्यास  प्रस्तुत  गरिएको हो । 


पुतलीसडकमा  फोहोर उठाउँदै : शनिबार पुतलीसडकमा रहेको फोहोर उठाउँदै कामदारहरु । सिसडोलवासीको अवरोधका कारण लामो समय देखि  काठमाडौँको फोहर उठ्न नसकेकोमा आन्दोलनरत पक्षसँग सहमतिपछि शुक्रबारदेखि फोहर उठ्न सुरु गरेको छ ।   


आँपको थुप्रो : कपिलवस्तुको कृष्णनगर नगरपालिका चैपुरवा बगैँचामा आँप टिपेर कार्टुनमा राख्दै कामदार । तस्बिरहरु : रासस