• २३ जेठ २०८२, शुक्रबार

बगुवा खोलामा ट्याङ्कर खस्यो

blog

खोलामा पानीको बहाव बढी भई पानीमा फसेको गाडी । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, जेठ १५ गते ।
बारा अमलेखगन्ज बाट काठमाडौँतर्फ जाँदै गरेको ट्याङ्कर बगुवा खोलाले बगाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुर जिल्लाको सीमामा रहेको बगुवा खोला पुलमा बिहीबार बिहान उक्लने क्रममा हिलो बाटो भएकाले चिप्लिएर ब्याक भई खोलामा खस्न गई गाडी बगाएको हो ।

ट्याङ्करका चालक वीरगन्ज महानगरपालिका २१ बस्ने अन्दाजी वर्ष २६ का कृष्ण महतोले भने आफू हामफाली सकुशल रहेको जानकारी दिनुभएको छ ।

काठमाडौँतर्फ डिजल लोड लिइ जाँदै गरेको प्रदेश २– ०३– ००१ क. २०३१ नम्बरको ट्याङकर पुलमा उक्लने क्रममा चिप्लिएर ब्याक भएर खोलामा खस्न गई गाडी बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै वीरगन्जबाट काठमाडौँतर्फ भान्साको सामान लोड लिई जाँदै गरेको ना. ३ ख. ५१९६ नम्बरको डिब्बा ट्रक मकवानपुर र ललितपुरको सीमामा रहेको खोलामा पानीको बहावा बढी भई पानीमा फसेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ट्रक बागमती पुल नजिक दुई सय मिटर उत्तर तर्फ पार्किङ गरी राखेकोमा खोलामा पानीको बहावा बढी भई डिब्बा ट्रक पानीमा फसेको जानकारी दिनुभयो । 

उहाँका अनुसार डिब्बा ट्रकका चालक सिन्धुपालचोक बाह्रबिसे नगरपापालिका ३ बस्ने वर्ष ३५ विश्व बन्धु श्रेष्ठले बिहीबार बिहान घटनाका बारेमा जानकारी गराएको हो । डिब्बा ट्रक घटनास्थलमा नै रहेको र मानवीय क्षति भएको छैन ।