गुणबहादुर रोका
सुलीकोट, जेठ १५ गते । उत्तरी गोरखामा आगालागीबाट एक घर जलेर नष्ट भएको छ । धार्चे गाउँपालिका–१ हुल्चुकमा बुधबार बेलुका ११ बजको समयम ५२ वर्षीय राजु घलेको घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिनको जस्तापाताले छाएको एक तले घरमा सेल रोटी पकाउने क्रममा अचानका आगोलागी हुँदा घरमा भएको नगद, अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो ।
आगलागी भए लगत्तै धार्चेको माछीखोला प्रहरी टोली घट्नास्थलमा पुगी प्रहरी र स्थानीयको सक्रियतामा तीन घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगोलागीबाट करिब १० लाख रुपियाँ जति क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।