काठमाडौँ, जेठ १५ गते । नेपाली पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका निक पोथास नियुक्त हुनुभएको छ ।
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटरसमेत रहनुभएका पोथासलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ का लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा नियुक्त गरेको हो ।
उहाँले यसअघि श्रीलङ्का, वेस्ट इन्डिज र बङ्गलादेश टोलीसँग समेत काम गरिसक्नुभएको छ । उहाँ पछिल्लो समय बङ्गलादेश टोलीको सहायक प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
नेपाली क्रिकेट टोली अहिले लिग–२ को चौथो चरणको खेलमा लागि स्कटल्यान्ड भ्रमणमा रहेको छ । हाल तयारी खेल खेलिरहेको नेपालले स्कटल्यान्डमा घरेलु टोली र नेदरल्यान्ड्ससँग जेठ १९–२७ गतेसम्म लिग–२ खेल्ने छ ।