• ९ जेठ २०८२, शुक्रबार

‘विश्वविद्यालयलाई चाँडै अगाडि बढाउनुपर्छ’

blog

अग्रलेख मल्टिमिडिया प्रालिले धनगढीमा आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्कालगायत । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

अविनाश चौधरी
धनगढी, जेठ ९ गते ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई चाँडै अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

अग्रलेख मल्टिमिडिया प्रालिले शुक्रबार धनगढीमा आयोजना गरेको स्वास्थ्य सेवा : नीति र पहुँचको समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । हाल सञ्चालनमा रहेको गेटा अस्पताललाई तत्काल ३०० शय्यामा स्तरोन्नति गरेर स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अगाडि बढाउन जरुरी रहेको मन्त्री खड्काको भनाइ थियो ।

उहाँले गेटा अस्पतालमा सेती प्रादेशिक अस्पतालकै जनशक्ति प्रयोग गर्न सकिने बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालमा गाभ्ने निर्णय गरिसकेको छ ।

मन्त्री खड्काले विगतको तुलनामा प्रदेशको स्वास्थ्य क्षेत्रमा केही सुधार आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले अझ बढी सुधार गर्ने प्रयास गरिरहेको छ ।”