• १० पुस २०८२, बिहिबार

समाजसेवी क्षेत्रीद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहयोग

blog

तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । युवा अपाङ्ग सङ्गठन नेपालको संयोजनमा समाजसेवी मधु क्षेत्रीले अपाङ्गता भएका व्यक्तिलाई स्वरोगजगार बन्न सहयोग पुर्याउने उद्देश्यले एक लाख पचास हजार रुपियाँ बराबरको विभिन्न सामग्री हस्तान्तरण गर्नु भएको छ । 

सो सङ्गठनद्वारा आयोजित कार्यक्रममा समाजसेवी क्षेत्रीको आर्थिक सहयोगमा सोमनाथ राईलाई मोबाइल मर्मतका लागि आवश्यक सामग्री माइक्रोस्कोप, सोल्डरीङ सेट, ल्यापटप, टेवल प्रदान गरिएको हो । युवा अपाङ्ग सङ्गठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले मोवाईल मर्मत तालिम लिएका राईलाई समाजसेवी क्षेत्रीले एक लाख पचास हजार रुपियाँ बराबरको मोवाईल मर्मतका लागि आवश्यक सामग्री प्रदान गर्नु भएको जानकारी दिनुभयो । 

उहाँले सङ्गठनमार्फत विगत १६ वर्षदेखि अपाङ्गता भएका युवालाई स्वरोजगारमुलक तालिम प्रदान गरी आर्थिक सशक्तिकरणसहित पुनस्थार्पनामा सहयोग गर्दै आएको बताउनुभयो ।