• ९ जेठ २०८२, शुक्रबार

देशभर लागु औषधको समस्या विकराल

blog

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ ९ गते । लागु औषध देशको साझा समस्याको रुपमा आएको भन्दै न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागु औषधको समस्या विकराल बन्दै गएको बताउनुभएको हो ।

उहाँले नेपालको साझा समस्या भनेकै लागु औषध रहेको र समाज लागु औषधको समस्याका कारण आक्रान्त बनेको बताउनुभयो । उहाँले युवाहरु लागु औषधको दुर्व्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगिरहेको जानकारी दिनुभयो ।

मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुर्व्यसनको शिकार हुनु दुःखद् भएको बताउनुभयो । सबैले लागु औषध दुर्व्यसनीविरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

‘‘हाम्रो साझा समस्या लागु औषध हो । अहिले हाम्रो समाज आक्रान्त भएको छ । हाम्रा युवाहरु लागु औषधको दुर्व्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगेका छन् । हामीले मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुर्व्यसनको शिकार भएको छ ।,’’ प्रहरी वरिष्ठ उपरीक्षक थापाले भन्नुभयो, ‘‘सम्भावित भविष्यको अन्त्य भएको छ । सबैले लागु औषध दुर्व्यसनीविरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । यसबाट आक्रान्त करिव ८० प्रतिशत युवाहरु रहेका छन् । यसले लागु औषधको दुर्व्यसनीले युवा पिँढीको भविष्य अन्त्य गरेको छ । यसले ठुलो धनराशी नेपाल बाहिर गएको छ । यसमा नेपाल प्रहरीलाई रचनात्मक सहयोग गर्नुपर्छ ।’’

प्रहरी वरिष्ठ उपरीक्षक थापाले नेपाल प्रहरीमा १८ हजार थप दबरन्दी आवश्यक रहेको बताउनुभयो । नेपाल प्रहरीको आफ्नै कार्यालय भवन नभएको प्रहरी इकाइ सात सय ९१ वटा रहेको जानकारी दिनुभयो । २७ हजार सात सय ८८ जनशक्ति आवश्यक रहेको बताउनुभयो । नेपाल प्रहरीले २४ घण्टामा ४ सय २६ वटा सवारी गस्ती, चेकिङ छ सय नौ स्थानमा, पिकेट एक हजार एक सय ६८ वटा हुने गरेको बताउनुभयो ।