• ९ जेठ २०८२, शुक्रबार

‘गाउँ फर्क’ को प्रोमो सार्वजनिक

blog

काठमाडौँ, जेठ ९ गते। टेलिसिरियल ‘गाउँ फर्क’को प्रोमो मिडिया हबको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गाउँ फर्कको पुरा भाग भने यही जेठ १५ गतेदेखि बिहीबार साँझ ६:४५ बजे आउने छ। 

एलबी कटवाल र विश्वमणि घिमिरेको लेखन तथा निर्देशनमा बनेको उक्त सिरियलमा विदेशिएका नेपाली र गाउँ रित्तिनुको कथा समेटिएको छ। 

रहर वा बाध्यताले गाउँ छाड्नले अहिले गाउँ बस्ती रित्तिएको र गाउँको रीतिरिवाज, कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नको लागि यो सिरियल बनाइएको कटवालले बताउनुभयो।  

निर्देशक कटवालका अनुसार गाउँ फर्क सिरियल युवापुस्ता विदेश पलायन भइरहेको समयमा आफ्नै गाउँमा उत्पादनसँग जोड्ने उद्देश्यले तयार पारिएको हो।

गाउँ फर्क टेलिसिरियलमा मनमाया कटवाल, मुकुन्द मैनाली, लक्ष्मीनाथ तिमिल्सिना, अस्मिता बस्नेत, मेलीना ठकुरी, शिवशङ्कर रिजाल ‘जोगिन्दर’, दिवाकर घिमिरे, इच्छासिंह ठकुरी, प्रतीक्षा काफ्ले, चन्दा भट्टराई, अगम कटवाल लगायत स्थानीय कलाकारले अभिनय गरेका छन्। 

भिडियोको छायाङ्कन राहुल राईले गरेका हुन्। ‘गाउँ फर्क’ टेलिसिरियको गीतमा शंकर अधिकारी ‘घायल’को शब्द, विकाश चौधरीको सङ्गीत र नारायण थापाको स्वर रहेको छ। धनकुटाको झिलिमिलेको ग्रामीण भेगलाई सिरियलको परिवेश बनाइएको छ।