• ६ जेठ २०८१, आइतबार

नेपालगञ्जका विभिन्न बैंकका कर्मचारी बैंकर्स क्लबमार्फत संगठित

blog

बैंकर्स क्लब मार्फत संगठीत भएका बैंक र वित्तिय संस्थाका कर्मचारी । तस्बिर : सिराज खान

सिराज खान  
नेपालगञ्ज, जेठ २८ गते ।
नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु संगठित भएका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा आइपर्ने समस्याको समाधानका लागि गठन गरिएको बैंकर्स क्लबमार्फत उनिहरु संगठित भएका हुन् ।

विभिन्न बैंक र वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको बैठकमा वित्तीय कर्मचारीहरुलाई एकीकृत गरेर कार्यसमिति समेत चयन गरिएको छ ।

शंकर पौडेलको अध्यक्षतामा बैंकर्स क्लब नेपालगञ्जको पुनर्गठन गर्दै उपाध्यक्षमा कृष्णराज जोशी, सचिवमा नवीनराज पाण्डे, सहसचिवमा किरण रानामगर, कोषाध्यक्षमा शैलेस शर्माको चयन गरिएको छ ।
यसैगरी, सदस्यहरुमा नरेश रावल, स्नेहा भुषाल, गिरिधर शाही र तेजप्रसाद आचार्यलगायत गरी १० जनाको कार्यसमिति चयन गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा आइपर्ने समस्याको समाधान गर्नुका साथै आफूले काम गर्ने बैंक र वित्तीय संस्थाको प्रगती र उन्नतीका लागि पनि क्लबले विशेष ध्यान दिने क्लबका अध्यक्ष शंकर पौडेलले बताउनुभयो ।

अध्यक्ष पौडेलका अनुसार बैंक तथा बैंकमा कार्यरत कर्मचारीका पिडाहरुलाइ क्लबमार्फत समाधान गरिने छ ।

नेपालगञ्ज उपमाहानगरपालिका भित्र रहेका सबै बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु बीच समन्वय गरेर क्लबको काम कारवाहीमा सहजीकरण गर्न तथा सबैलाई क्लबमा समेट्नका लागि सल्लाह सुझाव दिन एभेरेष्ट बैंकका शाखा प्रमुख उज्जवल पोख्रेललाई जिम्मेवारी दिइएको क्लबले जनाएको छ ।