• १५ असार २०८१, शनिबार

आगलागीबाट एक करोड ८१ लाखबढी क्षति

blog

पिप्लाङमा आगालागीबाट पुर्ण रुपमा नष्ट भएको घर । तस्बिर : राजन रावत

राजन रावत/हुुम्ला समाचारदाता
हुुम्दा जेठ २८ गते  ।
दक्षिणी  हुम्लाको चंखेली गाउँपालिका–४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एकासी लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान लागेको आगोबाट दुुई घर पूर्णरुपमा, एक घरमा आंसिक रुपमा क्षति भएको र दुुई पशुु जलेर नष्ट भएको छ ।

प्रहरी निरीक्षक दिपक मल्लले पिप्लाङ आगलागीबाट एक करोड ८१ लाख ७५ हजार रुपियाँ बराबरको क्षति भएको बताउनुुभयो ।

‘‘आगलागीकाट दुुई घर पूर्णरुपमा, एक आंसिक रुपमा जलेर नष्ट भएको छ भने दुई पशु जलेर नष्ट भएको छ ।,’’ प्रहरी निरीक्षक मल्लने भन्नुभयो ।

उहाँका अनुसार स्थानीय कर्णबहादुुर शाहीको घरबाट विद्युुत सर्ट भएर आगलागी सुुरु भएको र उक्त आगो अन्य दुुई घरमा सल्किएको थियो ।

शाहीको पाँच कोठे घर, लत्ताकपडा र अन्नपातलगायत घरमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने जयबहादुर शाहीको घर पनि जलेर नष्ट भएको छ ।

शाहीको २८ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जयबहादुर शाहीको एक–एक गोरु र खच्चड पनि जेलेर मरेका छन् । जयबहादुर शाहीको घरमा रहेको ११ लाख नगद, २९ तोला सुुन, केही चाँदी पनि जलेर नष्ट भएको पीडित पक्षले जानकारी गराउनुभएको प्रहरी निरीक्षक मल्लको भनाइ छ । उहाँको एक करोड पचास लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी, अर्का स्थानीय शेरबहादुुर पालको घर आगलागीबाट आंसिक क्षति पुुगेको छ । पालको तीन लाख बराबरको क्षति भएको छ । पिप्लाङमै रहेको प्रहरी चौकीका इन्चार्ज  मोहनदत्त भट्टको नेतृत्वमा गएको १२ जना प्रहरी र स्थानीय बासिन्दाको टोलीले बिहान साढे ६ बजे मात्र आगोलाई नियन्त्रणमा लिएको थियो ।

मध्यराति आगलागी भएको भएपनि मानवीय क्षति भने भएको छैन । यसैबीच उक्त वडाका वडा अध्यक्ष पदम शाहीले खाद्यन्न, ग्याँस, चुल्हो, सिरक, डस्ना र पाललगायलका सामग्री आगालागी पीडितलाई राहत उपलब्ध गराउनुुभएको छ ।