सन्तोष दहित
दाङ, जेठ ७ गते । सत्तारुढ दलका नेता एवम् नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि दुई शक्ति एक ठाउँमा आएको बताउनुभयो । प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै महासचिव पोख्रेलले देश स्थायित्व समृद्धि र विकासका लागि एमाले–कांग्रेस मिलेर सरकार बनाउनु परेको स्पष्ट पार्नुभयो ।
कांग्रेससँग मिलेर एमालेको नेतृत्व सरकार बनेपछि थप्प भएको देशको विकासको काम अगाडि बढेको बताउनुभयो । यो सरकार आएपछि प्रशासनिक, आर्थिक सुधार र विकासको काम तीव्रता पाएको उहाँले दाबी गर्नुभयो ।
यसैबिच उहाँले एमाले–कांग्रेसको गठबन्धनको सरकार २०८४ सम्म निरन्तरता पाउने महासचिव पोखरेल स्पष्ट पार्नुभयो । ‘‘कसैले भन्दैमा एमाले–कांग्रेसको सरकार ढल्दैन, ०८४ सम्म निरन्तरता पाउँछ,’’ पोखरेल भन्नुभयो, ‘‘एमाले– कांग्रेसको नेतृत्वमा आलोपालो सरकार चल्छ ।’’ एमाले–कांग्रेसबिच सरकार गठन र सञ्चालनका लागि भएको सात बुँदे मुलमर्मको आधारमा अहिलेको सरकार चलिरहेको उहाँको भनाइ थियो ।