• २५ जेठ २०८२, आइतबार

रौतहटबाट ११९ जना हजयात्री साउदी अरेबिया प्रस्थान

blog

हज जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया जाँदै रौतहटका हज यात्री । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), जेठ ७ गते ।
हजका लागि रौतहटबाट बुधबार एक सय १९ जना साउदी अरेबिया प्रस्थान गरेका छन् । पहिलो चरणमा आज बिहान ५ बजेको उडानमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय १९ जना प्रस्थान गरेको  नेपाल हज समितिको सचिवालयका सदस्य गुलाम सरबरले बताउनुभयो ।

आज राति ८ बजेको उडानमा एक जना तथा बिहीबार बिहान ५ बजेको उडानमा सात जना रौतहटका हज यात्री साउदी अरेबिया प्रस्थान गर्ने सदस्य सरबरले बताउनुभयो ।

हज समितिका सदस्य सरबरले रौतहटका एक सय १९, सर्लाहीका २८ र सुनसरीका दुई गरी एक सय ४९ जनाको टोलीको नेतृत्व गर्दै साउदी अरेबिया प्रस्थान गर्नुभएको छ ।

रौतहटबाट यस बर्ष जम्मा एक सय २७ जना हज यात्री साउदी अरेबिया जान लागेका हुन् ।

इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा जान लागेका रौतहट क्षेत्र नम्बर २ का नेपालि कांग्रेसका नेता डा. फिरदोस आलमले बताउनुभयो  ।

हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई पहिलो चरणका रौतहटका हज यात्री आज बिहान पवित्र भूमि मक्का मदिना तर्फ प्रस्थान गरेका हुन्   ।

हज जाने यात्रीको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको थियो । नेपाली कांग्रेसका नेता डा. आलमले हज जाने यात्रीको निःशुल्क स्वास्थ्य परीक्षण समेत गर्नुभएको नेपाल तरुण दलका केन्द्रीय सदस्य नौशाद आलमले जानकारी दिनुभयो ।
हज समितिका अनुसार यो पटक एक हजार एक सय ७१ जना नेपाली हजयात्री मक्का मदिना जाँदैछन् ।

नेपाल हज समितिले हरेक वर्ष साउदी अरबको हज यात्रामा जाने मुस्लिम समुदायहरुको व्यवस्थापनका लागि काम गर्दै आइरहेको छ । साउदी अरब सरकारले सन् २०२५ को हजयात्राका लागि नेपाललाई एक हजार दुई सय जना इस्लाम धर्मावलम्बीको कोटा निर्धारण गरेको छ ।