काठमाडौँ, जेठ ४ गते । प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जित्नुभएको छ ।
उभौली पर्वको अवसरमा आयोजित प्रतियोगितामा पुरुषोत्तमले आठ खेलमा जित निकाल्दै आठ अङ्कसहित उपाधि जित्नुभएको हो । उहाँले फाइनलमा खोटाङका धिरेन राईलाई पराजित गर्नुभयो । उपाधिसँगै पुरुषोत्तमले ५१ हजार रुीपयाँ पुरस्कार पाउनुभयो ।
यस्तै फिडे मास्टर रुपेश जैशवालले समान आठ अङ्क बनाएपनि प्रोग्रेसिभ अङ्कको आधारमा दोस्रो हुनुभयो । उहाँले अन्तिम खेलमा सुनसरीका राजेन्द्र राईलाई हराउँदै ३५ हजार रीपयाँ पाउनुभयो ।
सिएम नवीन तण्डुकार तेस्रो हुनुभयो । अन्तिम राउन्डमा ललितपुरका सरोज महर्जनलाई हराउनुभएका नवीनले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो । धिरेन राईले चौथो स्थान ओगट्दै २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।