• १७ असार २०८१, सोमबार

प्रधानमन्त्री देउवासँग अमेरिकी सैनिक जनरलको शिष्टाचार भेट

मानवीय सहायता र विपद् व्यवस्थापनका विषयमा छलफल

blog

तस्बिर : काठमाडौंस्थित अमेरिकी राजदूतावास

काठमाडौं, जेठ २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले शिष्टाचार भेट गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग प्रशान्त क्षेत्रका कमान्डिङ ए फ्लिनले शिष्टाचार भेट गर्नुभएको हो ।

प्रधानमन्त्री देउवा र ए फ्लिनबीच मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

भेटमा प्रशान्त क्षेत्रका कमान्डिङ ए फ्लिनले राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा नेपालले निरन्तर पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ ।  

चारदिने औपचारिक भ्रमणका लागि बिहीबार दिउँसो इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुग्नुभएको हाे ।

शुक्रबारै सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलबीच भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोजको आयोजना गर्नुभएको छ।