• २३ असार २०८१, आइतबार

इन्धनको मूल्य फेरि बढ्यो

पेट्रोल आठ, डिजेल र मट्टीतेल प्रतिलिटर १२ रुपियाँ बढ्यो

blog

काठमाडौं, जेठ २६ गते । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ । 

निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । १७० रुपियाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेको छ । 

त्यसैगरी निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपियाँ बढाएको छ । अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ ।