काठमाडौँ, वैशाख २२ गते । प्रहरीले क्रोएसिया पठाउने भनी तीन लाख ७५ हजार ठगी गर्ने ३७ वर्षीय राजिन स्याङ्तानलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार स्याङ्तानले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया लैजाने भनी लामो समय झुक्यानमा राखी सम्पर्कबिहीन भएका थिए ।
स्थायी घर काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर ४ का स्याङ्तानलाई बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहल पठाइएको प्रहरीले जनाएको छ ।