• २० असार २०८१, बिहिबार

हलिउड फिल्म 'जोकर'को सिक्वेल बन्ने

blog

काठमाडौं, जेठ २५ गते । हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने भएको छ । टड फिलिप्सको निर्देशनमा बनेको यो फिल्मको दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलाइ अ ड्युक्स’ राखिएको हो । 

यस फिल्मलाई फिलिप्स र स्कट सिल्भरले मिलेर लेख्ने भएका छन् । सन् २०१९ मा प्रदर्शनमा आएको जोकरले विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेको थियो ।

यो फिल्म उत्कृष्ट फिल्म, निर्देशक र एडप्टेड पटकथासहितको १२ विधामा ओस्कार अवार्डमा मनोनीत भएको थियो ।