• १६ वैशाख २०८२, मङ्गलबार

डजबलमा नेपाल तेस्रो

blog

नेपाली डजबल टोली ।

काठमाडौँ, वैशाख १६ गते । भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ । नेपाल पहिलो अन्तर्राष्ट्रिय सहभागितामै कांस्य पदक जित्न सफल भयो ।

अप्रिल २५ देखि २७ तारिखसम्म कर्नाटकमा भएको नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । मलेसियासँग नेपाल ५–० ले पछि पर्‍यो । तीन देश सहभागी प्रतियोगितामा नेपालले पहिलो अन्तर्राष्ट्रिय अनुभव बटुलेको हो ।

नेपालको प्रदर्शनपछि एसियन डजबल महासङ्घका महासचिव दासा सुब्रमन्यमले नेपालको प्रदर्शन तारिफ योग्य रहेको बताउनुभयो । ‘‘मलेसियामा विगत १५ वर्षदेखि खेल्दै आएको छ ।  भारतले पनि १० वर्षदेखि खेल्दै आएको हो । डजबलमा नेपालको भविष्य राम्रो छ,’’ दासाले भन्नुभयो ।

नेपालले मलेसियनमा हुन गइरहेको आसन्न एसिएन डजबल च्याम्पियनसिपका लागि थप प्रशिक्षण र तयारी गरेर जाने नेपाल डजबल सङ्घका महासचिव अरुण तिमल्सिनाले जानकारी दिनुभयो ।