• १३ वैशाख २०८२, शनिबार

पहिचान भयो धादिङमा पारिजातको वन

blog

धादिङबेँसी समाचारदाता 

धादिङबेँसी, वैशाख १३ गते   । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला सामुदायिक वनमा दुर्लभ र औषधीय महìव बोकेको पारिजातको घनावनको पहिचान भएको छ । 

यस क्षेत्रलाई जैविक विविधता, धार्मिक विश्वास, औषधीय गुण र पर्यटकीय सम्भावनाको केन्द्र बनाउने उद्देश्यले संरक्षण तथा प्रवर्धन अभियान सुरु गरिएको छ । मौवाखोला सामुदायिक वनमा करिब आठ–१० हेक्टर क्षेत्रफलमा फैलिएको पारिजातको घनाजङ्गलमा १० हजारभन्दा बढी बिरुवा तथा रुख रहेका छन् । यो प्राकृतिक रूपमा विकास भएको पारिजातको यति ठुलो वन नेपालमै दुर्लभ भएको वन कार्यालयले जानकारी दिएको छ । 

डिभिजनल वन कार्यालयका अनुसार पारिजातको संरक्षण र प्रवर्धनका लागि विस्तृत योजना निर्माणको प्रव्रिmया सुरु गरिएको छ । साल, खयर, सिसौ जस्ता व्यावसायिक प्रजातिको तुलनामा पारिजात जस्ता उपेक्षित वनस्पतिको संरक्षण अझै महìवपूर्ण रहँदै आएको छ । 

सबडिभिजनल वन कार्यालय बेनीघाट रोराङका वन अधिकृत रोजन पोख्रेलका अनुसार वनको भित्री क्षेत्रमा पुनः वृद्धि भएका बिरुवा पनि प्रशस्त भेटिएका छन् । पारिजातको सुरक्षित वृद्धि सुनिश्चित गर्न डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रण रेखा निर्माणको काम पनि भइरहेको छ । पारिजातलाई प्राथमिकता दिँदै अन्य साना प्रजातिका बिरुवाको व्यवस्थापन सम्पन्न भइसकेको उहाँले बताउनुभयो । 

पारिजातको पात, फूल र छालाले जोर्नीको दुःखाइ, चर्म रोग, ज्वरो जस्ता समस्याको उपचारमा प्रयोग गर्न सकिने आयुर्वेद चिकित्सक अमूल्य दाहालले बताउनुभयो । पारिजात धार्मिक दृष्टिले पनि पवित्र मानिन्छ र हिन्दु धर्ममा यसको विशेष स्थान छ । पारिजातको महìवलाई वन व्यवस्थापनसँग मात्र सीमित नराखी साहित्य र संस्कृतिसँग पनि जोड्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । यसै व्रmममा छिट्टै ३०÷४० जना साहित्यकारको सहभागितामा ‘पारिजात साहित्य महोत्सव’ आयोजना गरिने आचार्यले जानकारी दिनुभयो ।

बेनीघाट रोराङ गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले पारिजातको संरक्षणमा डिभिजन वन कार्यालयसँग सहकार्य गर्ने बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको गाउँपालिकाको कार्ययोजनामै संरक्षण कार्यव्रmम समावेश गरिने प्रतिबद्धता जनाउनुभयो ।

मौवाखोला क्षेत्रबाट धादिङ, गोरखा र चितवन जिल्लाको दृश्यावलोकन सहजै गर्न सकिने छ । अध्ययन, अनुसन्धान तथा आन्तरिक पर्यटन प्रवर्धनका दृष्टिले पनि यस क्षेत्रमा उच्च सम्भावना रहेको छ । पारिजात वनको संरक्षण र प्रवर्धनले जैविक विविधताको रक्षा मात्र नभएर स्थानीय समुदायको जीवनस्तर उत्थान गर्न पनि महìवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।