• १७ जेठ २०८२, शनिबार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, वैशाख १३  गते ।  नेपाल राष्ट्र  बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ४३ पैसा र बिक्रीदर १३७ रुपियाँ ०३ पैसा कायम भएको छ ।

 युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०५ पैसा र बिक्रीदर १५५ रुपियाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ ६४ पैसा र बिक्रीदर १८२ रुपियाँ ४४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ६७ पैसा र बिक्रीदर १६५ रुपियाँ ४० पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ०७ पैसा र बिक्रीदर ८७ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ २८ पैसा र बिक्रीदर ९८ रुपियाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ८१ पैसा र बिक्रीदर १०४ रुपैयाँ २६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र  बैँकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय  बैँकले जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३७ पैसा र बिक्रीदर ३६ रुपियाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५९ पैसा तोकेको छ ।

केन्द्रीय बैँकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०७ पैसा र बिक्रीदर चार रुपियाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १४ पैसा र बिक्रीदर ३७ रुपियाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०८ पैसा र बिक्रीदर १४ रुपियाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७७ पैसा र बिक्रीदर २० रुपियाँ ८६ पैसा तोकिएको छ ।

राष्ट्र  बैँकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५९ पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ९३ पैसा र बिक्रीदर ४४६ रुपियाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ९५ पैसा र बिक्रीदर ३६३ रुपियाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ३४ पैसा र बिक्रीदर ३५५ रुपियाँ ९० पैसा रहेको छ ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । 

राष्ट्र  बैँकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य  बैँकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय  बैँकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस