• १३ असोज २०८१, आइतबार

रक्तसञ्चार भ्यान हस्तान्तरण

blog

नेपाल हिल्फेका प्रतिनिधिले रक्तसञ्चार केन्द्रका लागि भ्यान हस्तान्तरण गर्दै । तस्विर– मीना कंडेल

मीना कँडेल

कावासोती, जेठ २३ गते । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालित नवलपुर रक्तसञ्चार सेवाका लागि रक्तसञ्चार भ्यान हस्तान्तरण गरिएको छ । नेपाल हिल्फे बाइलंग्रिस इभि जर्मनीबाट रक्तसञ्चार केन्द्रका लागि भ्यान हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका सभापति वेदप्रसाद न्यौपानेको अध्यक्षता, कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर प्रमुख र नेपाल हिल्फेका प्रतिनिधिले रक्तसञ्चार केन्द्रका लागि भ्यानको साँचो सभापति न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो । ९० लाखको लागतको भ्यान रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको हो । 

रक्तसञ्चार केन्द्रका लागि गाडी प्राप्त भएसँगै रक्तदान कार्यक्रममा प्राविधिकसहितको टोली पठाउन, सङ्कलन भएका रगत ओसारपसार गर्न, आकस्मिक रुपमा भरतपुरलगायतका ठाउँमा रगतको आवश्यकता भएको रगत पठाउन सहजता हुने उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले बताउनुभयो । 

यसअघि एम्बुलेन्सको प्रयोग गरी रक्तदान कार्यक्रममा प्राविधिक पठाउने र अन्य कार्य गर्दै आएकोमा अब आफ्नै सवारी हुँदा सहजता हुने सभापति न्यौपानेले बताउनुभयो ।