काजकिस्तान, जेठ २३ गते । काजकिस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ ।
काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् ।
त्यसैगरी अरु २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ ।
मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले ठूलो सङ्ख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो ।
सर्वेक्षणमा देशभरिबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएको सर्वेक्षकहरूले जानकारी दिएका छन् ।
संविधान संशोधनसम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै छ ।