प्रवीणकुमार शर्मा
रौतहट, चैत २९ गते । रौतहटको मौलापुर नगरपालिका वडा नं. ३ गम्हरियामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मौलापुर नगरपालिका वडा नं. ३ गम्हरिया को ४५ वर्षीया सीतादेवी साह कानु रहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।
बिहीबार विपरीत दिशा आइरहेको ना ६० प ३४३८ नं. को मोटरसाइकल चिप्लिँदा मौलापुरबाट गम्हरियातर्फ आइरहेको प्रदेश २ –०३– ००१ त ३५२४ नं. को ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार साहको घटनास्थलमा मृत्यु भएको मौलापुर नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष महेश महतो कोइरिले बताउनुभयो ।
मोटरसाइकल चालक मृतक साहका श्रीमान् लखिन्द्र साह कानु सामान्य स्वास्थ्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मौलापुरको नियन्त्रणमा छ ।
ट्याक्टर चालक सन्देश साह फरार रहेको तथा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक प्रवेश कार्कीले बताउनुभयो ।