• १३ असोज २०८१, आइतबार

पोखरामा अन्तर्राष्ट्रिय कला कार्यशाला हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २२ गते । अन्तर्राष्ट्रिय जलरंग समाज (आइडब्लूएस) नेपालको आयोजनामा ‘पोखरा आर्ट क्याम्प’ गरिने भएको छ । भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म पोखरामा हुने कला कार्यशालामा विश्वका ख्यातीप्राप्त कलाकारसहित नेपाली कलाकारको सहभागिता हुनेछ ।  

‘पोखरा घुमेर प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं’ नारालाई सार्थक तुल्याउँदै नेपाल, भारत, बङ्गलादेश र इरानका कलाकारले आ–आफना अनुभूतिलाई क्यानभासमा उतार्नेछन् । आइडब्लूएस नेपालले पत्रकार सम्मेलन गरी सो कार्यशालाबारे जानकारी दिएको हो । कार्यशालामा सामूहिक कला सिर्जना, कलाको प्रत्यक्ष चित्रण र सिकाई तथा पोखराको रमणीय स्थानको भमण गरी कलामा चित्रण गरिने जनाइएको छ । 

आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले भन्नुभयो, “कार्यशालाले नेपाली प्राकृतिक सौन्दर्यलाई विश्व कला माझ अझ बढी चिनाउन मद्दत पुर्याउने छ ।”

उहाँका अनुसार आइडब्लूएसले यसअघि घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय कला कार्यशाला गरिसकेको छ ।