अमरराज नहर्की
तनहुँ, जेठ २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै नेता पौडेलले, विगतका भन्दा राम्रो कार्य गरेर जनताको मन जित्न ध्यान दिनुपर्ने बताउनुभयो । ‘जनताको माग र आवश्यकतालाई सर्वोपरी थानी जनप्रतिनिधिहरुले अहोरात्र खटेर काम गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो ।
जनताको इच्छाअनुसारको काम गर्न सके मात्रै जनप्रतिनिधिहरुको हाइहाइ हुने उहाँको भनाइ थियो । । ‘जनप्रतिनिधिहरु शासक हैन, जनताका सेवक बन्नुपर्छ’ नेता पौडेलले भन्नुभयो । साथै, वरिष्ठ नेता पौडलेले जनताको आम्दानी वृद्धि हुने र रोजगारी सिर्जना हुने योजना बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।