• १५ असार २०८१, शनिबार

जरायोको सिङ्गसहित दुई जना पक्राउ

blog

विजयकुमार साह 

ढल्केवर, जेठ २० गते । जिल्ला प्रहरी कार्यालय धनुषाले दुई थान जरायोको सिङ्गसहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने २० वर्षिय रितेशकुमार पाण्डे र धनुषाको जनकपुर उपमहानगरपालिका–२४ वस्ने २० वर्षिय सोनुकुमार पाण्डेलाई जरायोको सिंङ्गसहित प्रहरीले पक्राउ गरेको हो ।

अवैधरुपमा जरायोको सिङ्ग राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार जनकपुर उपमहानगरपालिका –२४ बाट दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो । 

प्रक्राउ परेकाहरुले प्रयोग गरेको ज ९ प २७३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेको दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालय धनुषामा शुक्रबार बुझाइएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।