• १६ चैत २०८१, शनिबार

रङ्गेली अस्पतालमा हाइड्रोशिल र हर्नियाको निःशुल्क शल्यक्रिया

blog

मोरङको रङ्गेली अस्पतालमा शल्यक्रिया गर्दै चिकित्सक । तस्बिर सौजन्य : रङ्गेली अस्पताल

हरि कोइराला

उर्लाबारी, चैत १३ गते । मोरङको रङ्गेली अस्पतालले यही चैत ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिरहेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य कार्यालय मोरङ आयोजना र रङ्गेली अस्पतालको सहकार्यमा चैत ३ गतेदेखि सुरु गरेको सेवाबाट हालसम्म ८० जनाले सेवा लिइसकेका छन् । अस्पतालमा रङ्गेली, सुनवर्षी, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, झापाको गौरिगञ्ज गाउँपालिकाका बिरामीले सेवा लिएका छन् । २० वर्षदेखि ६७ वर्षसम्मका बिरामीको उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका स्वास्थ्यकर्मी अनील देवले बताउनुभयो । 

रङ्गेली ५ शिवा मण्डलले निःशुल्क रुपमा उपचार पाउँदा खुसी प्रकट गर्नुभयो । चिकित्सकहरूका अनुसार सामान्यतया खेतीपातिको काम गर्ने, गह्रौ भारी बोक्ने पुरुषको अण्डकोषमा पानी जमेर हाइड्रोशिल हुने गर्छ ।