• १३ चैत २०८१, बुधबार

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको छ : मन्त्री पाण्डे

blog

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सहभागीहरू । तस्बिर : पर्यटनमन्त्रीको सचिवालय

काठमाडौं, चैत ११ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री  बद्री पाण्डेले नेपाल र इन्डिोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताउनु भएको छ । 

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धको छलफलका क्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।

उहाँले नेपाल र फ्रान्सबीच द्विपक्षीय हवाई सम्झौता र समझदारीपत्र संशोधन कार्य अगाडि बढाएको समितिलाई जानकारी गराउनु भयो । 

छलफलको क्रममा मन्त्री पाण्डेले भन्नुभयो, ‘‘नेपाल एयरलाईन्सलाई बलियो बनाउनुको विकल्प छैन । नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउनका लागि हवाईजहाज खरिद नगरी कुनै उपाय नै छैन ।’’ 

नेपाल एयरलाइन्स जति बलियो भयो, जति क्षमतावान भयो उत्ति नै यसले परिणाम दिने हो । मन्त्री पाण्डेले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठूलो असमानता रहेको उल्लेख समेत गर्नुभयो । 

उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्नेसम्बन्धी विधेयकहरु मन्त्रिपरिषदबाट स्वीकृत भई आगामी चैत १४ गते प्रतिनिधि सभामा प्रस्तुत हुनेसमेत बताउनु भयो । 

मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्र्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धनमा मन्त्रिपरिषदबाट कार्ययोजना कार्ययोजना स्वीकृत गराई लागू गरिएको समेत जानकारी गराउनु भयो ।