• १३ चैत २०८१, बुधबार

नर्थक्यारोलिनाका नेपाली रियल्टर बस्नेत सम्मानित

blog

नेपाली रियल्टर बस्नेत

नर्थक्यारोलिना (अमेरिका), चैत ११ गते । अचल सम्पत्तिको कारोबार गर्दै आउनुभएका रियल्टर जितमान बस्नेतलाई अमेरीकी रियल स्टेट कम्पनी युनाइटेड रियल इस्टेटले इलाइट अवार्डबाट सम्मान गरेको छ ।  बस्नेत  अमेरिकाभरिकै २५ हजार रियल्टरमध्येबाट छनौटमा पर्नुभएको हो । युनाइटेड रियल स्टेटले टेक्सासको डयालसमा शनिवार आयोजित पाँच सयभन्दा बढी रियल्टर उपस्थित सम्मेलनमा उहाँलइई सम्मान गरेको हो । 

सम्मान प्राप्त गरेपछि उहाँले भन्नुभयो, ‘‘यो निरन्तरको मेहनत र सबैको सहयोगकै कारण यहाँ पुगेको हुँ ।’’ 

नेपालमा पत्रकार र मानव अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका बस्नेत हाल अमेरिकामा पूर्णकालीन रियल्टरको रुपमा कार्य गर्दै आउनुभएको छ ।  प्रवासमा नेपाली भाषा, संस्कृतिको जगेर्नामा लाग्दै आएका बस्नेतलाई  यसै वर्ष हिमालयन कम्युनिटि नर्थक्यारोलिनाले पनि सम्मान गरेको छ । उहाँ विगत ३ वर्ष देखि नेपालमा मेची महाकाली सेतो छडी अभियानमा जुट्दै आउनुभएको छ । दृष्टि गुमाएका र कान नसुन्नेहरुला सहयोग गर्ने उद्देश्य अनुसार नर्थ क्यारोलिना निवासी कर्मा शेर्पा गोलेसँग मिलेर यो अभियान शुरु गर्नुभएको हो ।