काठमाडौँ, चैत ६ गते । पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’ को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द, मिलन मोक्तानको सङ्गीत रहेको छ ।
गजलको भिडियोमा केही दिनअघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन् । भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उहाँको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ । प्रज्ञा साउन्ड रेकर्डिङमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ । गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेल्नुभएको छ । भिडियो मनोज खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।