• ५ चैत २०८१, मङ्गलबार

थर्पुमा अनेरास्ववियु, रविमा क्रान्तिकारी र यासोकमा नेविसंघ विजयी

blog

पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मतगणना गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम,चैत ५ गते । पाँचथरको थर्पु क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

सुरेश माझीको नेतृत्वमा स्ववियुको नया समिति चयन भएको हो । समितिको सचिवमा इच्छाङ्सा काम्वाङ र कोषाध्यक्षमा नुमा मावोसहित तीनजना सदस्य प्रत्यक्ष तर्फबाट निर्वाचित भएका छन ।

उता जिल्लाको रवि क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीकी पुनम लावतीको नेतृत्वमा स्ववियुका पदाधिकारी निर्वाचित भएका छन् । नव निर्वाचित समितिको सचिवमा रुपा थापा र कोषाध्यक्षमा रेसु विक निवासहित तीनजना सदस्य निर्वाचित भएका हुन । प्रत्यक्ष तर्फबाट ३ जना सदस्य निर्वाचित भएका हुन ।

यस्तै, यासोक क्याम्पसमा नेविसंघकी तारामाया लावतीको नेतृत्वमा स्ववियु पदाधिकारी निर्वाचित भएका छन् । नवनिर्वाचित समितिको सचिवमा अञ्जु लावती र कोषाध्यक्षमा हिमादेवी भण्डारीसहित प्रत्यक्षतर्फबाट तीनजना सदस्य निर्वाचित भएका हुन ।

यता सबैभन्दा धेरै मतदाता रहेको पाँचथर बहुमुखी क्याम्पसमा मतगणना जारी छ । यहाँ समानुपातिकतर्फको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद बरालले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको गणना पनि राती १० बजे भित्र सम्पन्न गर्ने उहाँले बताउनुभयो ।