• ३ चैत २०८१, आइतबार

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशन चैत ८ बाट

blog

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम केन्द्रीय महाधिवेशनसम्बन्धी पत्रकार सम्मेलनमा सहभागीहरू ।

काठमाडौँ, चैत ३ गते । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन यही चैत ८ र ९ गते पार्टी  केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा हुने चरणमा रहेको प्रचारप्रसार समिति संयोजक माधवप्रसाद चम्लागाईले जानकारी दिनुभयो ।

आइतबार पत्रकार सम्मेलन गर्दै संयोजक चौलागाईंले  देशभरका ७७ जिल्लाका लगभग १००० जना महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने बताउनुभयो। महाधिवेशनका लागि प्रदेश अधिवेशन लगभग सम्पन्न भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

चौलागाईले भन्नुभयो ‘‘हालसम्म छ वटा प्रदेश, ७२ वटा जिल्लाका १६० सङ्घीय निर्वाचन क्षेत्र ३२० प्रदेश सभा र अधिकांश स्थानीय तहको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भइसकेको जानकारी गराउन गराउँदछौँ।’’

संयोजक चौलागाईंका अनुसार अधिवेशनको पहिलो दिन चैत ८ गते पार्टी कार्यालय सानेपाको प्राङ्गणमा मञ्च सजावट गरी पार्टीका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलयायत केन्द्रीयस्तरका नेतृत्वहरू, प्रदेश समितिका सभापति तथा पदाधिकारी र सदस्यहरू, सांसदहरू भ्रातृ तथा शुभेच्छुक सङ्घ संस्थाका नेतृत्व तथा पदाधिकारी र सदस्यहरूलगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका नेतृत्वहरूको बिचमा भव्यरूपमा उत्साहजनक वातावरणमा उद्घाटन समारोह र बन्दशत्र हुनेछ ।

महाधिवेशनमा नेपाल सरकारले गरेको वर्गीकरण अनुसारका १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरूजस्तै शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, स्वरबोलाई सम्बन्धी अपाङ्गता, श्रवणदृष्टिविहीन अपाङ्गता, मनोसामाजिक अपाङ्गता, हेमोफिलिया, अटिज्म, बैद्धिक अपाङ्गता र बहुअपाङ्गता तथा गाम्भीर्यताको आधारमा गरेको ४ प्रकारको वर्गीकरण जस्तै पूर्ण अशक्तता, अति अशक्तता, मध्यम र सामान्य अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहने पनि उहाँले बताउनुभयो ।

 सङ्घको विधान अनुसार ५१ जनाको कार्यसमिति रहने छ जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला,खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिला सहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाएर मनोनीत गर्ने व्यवस्था छ ।

सङ्घको  प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ र कोषाध्यक्ष तथा दु जना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने व्यवस्था छ ।  

महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको छ । १५ वटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरी कार्य प्रारम्भ गरिएको चौलागाईंको भनाइ छ । 

महाधिवेशनमा सहभागी हुने लगभग १००० जना प्रतिनिधिहरूलाई दु दिनसम्म खाना तथा बस्नेको व्यवस्था गरिएको र अधिवेशन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ ।