गोरखापत्र अनलाइन
काठमाडौँ, चैत ३ गते । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त हुनुभएको छ । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकको सिफारिसमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो।
नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले शुक्रबार नै कार्यभार सम्हाल्नुभएको छ । बिमा प्राधिकरणको बोर्डले गरेको निर्णयहरू कार्यान्वयनमा लैजाने आफ्नो प्रमुख जिम्मेवारी रहेकाले सोहीअनुसार दतारुकतासाथ काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यकारी निर्देशकका लागि कमल रेग्मी, सुशीलदेव सुवेदी र पुजन ढुङ्गेल प्रतिस्पर्धा गर्नुभएको थियो । कार्य सम्पादन मूल्याङ्कनमा सुवेदीले सबैभन्दा धेरै अर्थात् ७७.१९४ अङ्क प्राप्त गरेको आधारमा उहाँ सो पदमा नियुक्त हुनुभएको हो । सुवेदी २०७६ साल वैशाखमा निर्देशकमा बढुवा हुनुभएको थियो । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।