• २ चैत २०८१, शनिबार

फुटबलर प्रीति राई सम्मानित

blog

प्रीति राईलाई सम्मान गरिँदै ।

काठमाडौँ, चैत २ गते । राष्ट्रिय महिला फुटबलर प्रीति राई नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ ।

ललितपुरमा आयोजित तेस्रो यलम्बर राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको अवसरमा राईलाई नखिपोट युथ क्लबले २५ हजार रुपियाँसहित सम्मान गरेको हो ।

ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।

चैत ४ गतेसम्म चल्ने ब्याडमिन्टन प्रतियोगिताको ६ स्पर्धामा एक सय ३१ खेलाडीको सहभागीता रहेको छ ।

प्रतियोगितामा पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता र तेस्रोहुनेले क्रमश: ३०, १५ र सात हजार पाँच सय रुपियाँ पुरस्कार पाउने छन् ।