• १ चैत २०८१, शुक्रबार

पारामा प्रभालाई रजत

blog

प्रभा आङदेम्बे ।

काठमाडौँ, फागुन २९ गते । नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जित्नुभएको छ । 

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा प्रभाले टी– ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको प्रशिक्षक विमला रानामगरले जानकारी दिनुभयो । 

यस स्पर्धामा श्रीलङ्काले स्वर्ण जितेको छ । लङजम्पसहित तीन स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकोमा चार सय मिटर दौडमा चौथो हुनुभयो ।