• २९ फागुन २०८१, बिहिबार

मिसन–२०२६ खेलाडीको होली

blog

काठमाडौँ, फागुन २९ गते । राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार होली मनाएका छन् ।  

मिसन–२०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकले एक आपासमा रङ्ग दलेर होली मनाएका हुन् । 

राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीले आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, खेलाडी, प्रशिक्षक, सम्बन्धित राष्ट्रिय खेल सङ्घका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्राय तालिममै व्यस्त रहने खेलाडीलाई विशेष अवसरमा फरक अनुभूति दिलाएर पुनर्ताजगी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।